आलिया पछि ज्याक्लिनसँग रोमान्स गर्दै सिद्धार्थ !


बलिउडका अहिलेका चल्तीका नायक सिद्धार्थ मल्होत्रा आफ्नो अफेयरका कारण अहिले चर्चामा रहेका छन् । सँगै बलिवुडमा डेब्यु गरेकी अभिनेत्री आलिया भट्टसँग ब्रेकअप पछि अहिले सिद्धार्थ र ज्याक्लिन फर्नान्डिसको रोमान्सको खबरले बलिउड तातेको छ । यसअघी ज्याक्लिनसँग सिद्धार्थको हिमचिम बढेपछि नै अलियाले सिद्धार्थलाई छोडेको खबर आएको थियो ।

सिद्धार्थ र ज्याक्लिनले केहि समयअघि सँगै अभिनय गरेको फिल्म ‘अ जेन्टलमेन’ देखि नै दुवैको अफेयरको चर्चा चलेको थियो । उक्त फिल्मपछि पनि दुवै धेरै पटक सँगै देखिन थालेका छन् । ज्याकलिन धेरै जसो सिद्धार्थको घरमा देखिने गरेकी छन् । सिद्धार्थ र ज्याक्लिन मुम्बईको बान्द्रामा बस्ने गर्दछन् । सिद्धार्थले अहिले एकता कपुरको फिल्म ‘शटगन शादी’ साइन गरेका छन् भने ज्याक्लिन सलमान खानसँग रेस ३ को सुटिंगमा व्यस्त छिन ।