नयाँ पति रोज्दै सनी लियोनी


बलिउड अभिनेत्री सनी लियोनीले दक्षिण अफ्रिकामा नयाँ पति रोजेको सनिका पति डेनियल वेभरले बताएका छन् । सनीको बायोपिक ‘करनजीत कौर : द अनटोल्ड स्टोरी अफ सनी लियोनी’ फिल्मका लागि उनले दक्षिण अफ्रिकी अभिनेता मार्क बकनरलाई पतिका रुपमा रोजेकी हुन् ।

सनी लियोनीले आफ्नो बन्दै गरेको बायोपिकको लागि आफ्ना पति डेनियलको भूमिकामा दक्षिण अफ्रिकी अभिनेतालाई रोजेकी बताइएको छ भने आफ्नो भूमिका उनी आफै गर्दै छिन । सनीका पति डेनियलले अभिनय आफ्नो काम नभएको बताएपछि उनले मार्क बकनरलाई राजेकी हुन् ।

फिल्मको सुटिङ दक्षिण अफ्रिका मै हुने तयारी छ । फिल्म बायोपिक सिरिजमा आउनुका साथै सिरिज जी फाइभको डिजिटल च्यानलमा पनि आउने कुरा निश्चित भइसकेको छ ।