ज्योति मगरलाई गुन्यु चोली उपहार

Mero Film


गायिका ज्योति मगरलाई जुम्लाको चन्दननाथ नगरपालिकाले गुन्यु चोली उपहार दिएको छ । चन्दननाथमा सञ्चालित प्रादेशिक औधागिक व्यापार मेलामा छोटो कपडा लगाएर प्रस्तुति देखाएपछि मेयर कान्तिका सेजुवालले ज्योति मगरलाई गुन्यु चोली उपहार दिएकी हुन् ।

मेयर सेजुवालले ज्योतिको कला राम्रो भएपनि उनको छाडा पहिरनले अश्लिलता फैलाउने भएकाले गुन्यु चोली उपहार दिएको बताइन् । उपहारमा प्राप्त गरेको गुन्यु चोली ग्रहण गर्दै ज्यातिले भने मेयर सेजुवाल महिला भएर महिलाकै दमन गरेको भन्दै असन्तुष्टि जनाएकी छन् ।


Leave a Reply

Your email address will not be published.