कमलालाई लिएर रेखाले सुरु गरिन ‘मालिका’

सोमबार बिहान पशुपतिमा पूजाआजा गरि रेखा थापाले फिल्म ‘मालिका’ को छायांकन बालुवाटारबाट सुरु गरेकी छन् । ‘लाल मष्तिस्क’ नाम राखेर सम्झना रौनियारको निर्देशन तथा रेखा थापाको निर्माणमा तयार हुने भनिएको फिल्म नाम फेरिएर ‘मालिका’ बनेको थियो ।

यस संग संगै सम्झनाले फिल्मबाट हात झिकेपछि मुख्य सहायक निर्देशक नवराज आचार्यलाई लिएर फिल्मको निर्देशन रेखा आफैले गर्दै छिन । फिल्म काठमाडौँ लगायत कोहलपुर र जाजरकोटमा सुटिंग हुने छ । मालिकामा रेखा र नरबहादुर कार्की सँगै जाजरकोटकी चौध वर्षिय बालिका कमला ओलीको मुख्य भूमिका रहनेछ ।

रेखाको आफ्नै स्क्रिप्ट रहेको फिल्ममा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत छ । हिम्मतवाली पछि रेखा मालिका मार्फत निर्देशनमा फर्किएकी हुन् ।