राजनिकान्तको ४० दिनको पारिश्रमिक ६५करोड


साउथ फिल्मका सुपरस्टार रजनीकान्त अप कमिंग फिल्म ‘काला’ र ‘२.०’ मा देखिने भएका छन् । उनका फ्यानहरु फिल्म हेर्न आतुर छन् । यी दुइ फिल्म पछि राजनिकान्त डाइरेक्टर कार्तिक सुब्बाराजनको एक फिल्ममा काम गर्दै छन् जहाँ उनले पारिश्रमिक ६५ करोड भारतीय रुपैया लिने छन् । यति धेरै रकम उनले जम्मा चालिस दिन सुटिंगको लागि लिन लागेका हुन् । फिल्ममा विजय सेतुपति भिलेनको रुपमा देखा पर्ने छन् । रजनीकान्त मात्रै नभएर साउथका एक्टरहरु कमल हसन पवन कल्याण बिजय अलु अर्जुन अजित तथा महेशबाबु लगायतले पनि फिल्म खेलेको मोटो रकम लिने गर्छन ।