आनाको करिअर प्रेमले ओझेल पर्दै

फिल्म ‘जेरी’ बाट फिल्म क्षेत्रमा प्रवेश गर्दै गर्दा अभिनेत्री आना शर्मा धेरैको आँखामा परेकी थिइन् । आनाले फिल्म क्षेत्रमा केही गर्छिन् भन्ने आशा सबैलाई पलायो ।तर, आना यसपछि ग्यापमा बसिन् । उनले फिल्म ‘ग्याङस्टार ब्लूज’का लागि केही बर्ष समय लिइन् । फिल्म चलेपछि भने आना शर्माले किन यति लामो ग्याप लिएकी हुन् भन्ने टिप्पणी भयो । न त फिल्म चल्यो न त आना नै ।आना शर्माको फिल्म नचलेपनि उनी प्रेमको कारण चल्छिन् । ‘जेरी’ चल्दा उनी र अभिनेता अनमोल केसीको प्रेम चर्चा थियो ।  पछि यी दुई अलग भए । अहिले आना प्रेममा छिन् ।

आनाको इन्स्ट्राग्राम हेर्ने हो भने उनी व्यापारी सोनम शेर्पाको प्रेममा छिन् । आनाका तस्बिर हेर्दा उनी र सोनमपछि गहिरो प्रेम देखिन्छ । आनाको फोकस अहिले फिल्ममा भन्दा प्रेममा बढी छ । प्रेममा परेपछि धेरै कलाकारले फिल्ममा फोकस गर्न सकेका छैनन् । सौगात मल्ल र श्रृष्टी श्रेष्ठ, संयम पुरी र आश्मा डीसी, नीता ढुंगाना र आमेष भण्डारी यसका उदाहरण हुन् ।आनाले पनि फिल्मी करिअरमा फोकस गर्ने हो कि ? अभिनेत्रीको समय फिल्म क्षेत्रमा लामो हुँदैन । आनाले पनि सबैले पत्याएको अवधीमा प्रेमसँगै फिल्मलाई पनि ध्यान दिने हो कि ?