एक्सन, कमेडी र इमोसनले भरिएको ‘हैरान’ ट्रेलर सार्वजनिक

- मेराेफिल्म

कमेडी जनरामा निर्माण भएको फिल्म ‘हैरान’ को ट्रेलर सार्वजनिक भएको छ । केही समय आगाडी ‘हैरान च्यालेन्ज’ लिएर मोफसल यात्रामा निस्केको हैरान यूनिटले काठमाडौं आएसँगै फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । जेष्ठ ४ बाट अलनेपाल रिलिज हुने फिल्ममा गजित बिष्ट, सरोज खनाल, सागर लम्साल, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुस्कर रेग्मी, निस्मा घिमिरे, आरोही शर्मा, एन्जल राई लगायतका अभिनय रहेको छ ।

फिल्मलाई मुक्ति घले, सृष्टि घिमिरे, डा.वाई एल लामाले संयुक्त रुपमा निर्माण गरेका हुन । फिल्ममा शब्दसंगीत सत्यराज र स्वरुपराजको छ भने एरेन्ज राजन ईसानको रहेको छ । गीतलाई सत्यराज आचार्य, स्वरुपराज आचार्य, बबिता मानन्धर, गिरिस खतिवडा, सरगमा आचार्य लगायतका गायक गायिकाहरुले स्वर दिएका छन् भने नृत्य निर्देशन गम्भिर बिष्टले गरेका छन् । फिल्ममा नवराज उप्रेतीको छायांकन रहेको छ भने शान्ति प्रियाको द्धन्द्ध रहेको छ । फिल्मलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन् । फिल्म डान्स फेवरको ब्यानरमा निर्माण भएको हो ।

२०७५ वैशाख २५ गते ७:३८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *