संजय दत्तका ६ प्रेमिका

संजय दत्तको बायोपिक फिल्म सन्जूको टिजर अनुसार संजय दत्तको ३०८ गर्लफ्रेन्ड भैसकेको  खुलसा भएको छ । जसमा उनले कसैलाई विवाह गरे भने कसैसँग ब्रेक अप भयो र सम्बन्धनै टुङ्गीयो । एक इन्टरभ्युमा संजयले आफ्नो जवानीको याद गर्दै भनेका छन्, ‘मैले एक हप्तामा तीन रिलेशनशिप ह्याण्डल गरेको छु । धेरै चतुर्याईका साथ म्यानेज गर्न परथ्यो । कुनै पनि पार्टनरलाई कस्को साथ के भइरहेको छ थाहा पाउन दिनुहुदैनथ्यो । उनका केहि गर्लफ्रेण्डहरुको बारेमा हेरौ ।


संजय दत्त र टीना मुनीम

संजय दत्त र टीना मुनीम बच्पनका साथी थिए । तर जवान भएपछि मित्रता प्रेममा परिणत भयो । संजयको फिल्म राकीको दौरान उनीहरु रिलेशनमा रहेका थिए । तर संजयको मदिरा सेवनको लतका कारण टीनाले उनलाई छोडेर राजेश खन्नासँग सम्बन्ध गास्न पुगिन् ।


संजय दत्त र ऋचा शर्मा

एक लोकल म्यागाजिनमा छापिएको ऋचाको फोटो देखेर संजयलाई उनी मन पर्न थाल्यो । उनीहरुको भेट एक फिल्मको शूटिङको दौरानमा भएको थियो । उनले ऋचाको नम्बर लिएर फोन गर्न थाले र डेट जान आग्रह पनि गरे । तर ऋचाले संजयको प्रस्ताबलाई स्वीकारिनन् । तर लगतारको प्रस्ताब पस्चात ऋचाले मानेकी थिइन् । र उनीहरुको रोमान्स सुरु भयो । एकदिन संजयले ऋचालाई विवाहको प्रस्ताब राखे र उनीहरुको १९८७ मा विवाह सम्पन्न भयो । उनीहरुकी एक छोरी छन्  जसको नाम त्रिशला हो । केहि बर्षपछि ऋचालाई ब्रेन ट्यूमर देखा पार्यो र उनी उपचारका लागि अमेरिका गईन । यहि दौरानमा संजय दत्त र माधुरी दिक्षीतको अफेयर चल्न थाल्यो ।  उपचारकै क्रममा ऋचाको १० डिसेम्बर १९९६ मा निधन भयो ।


संजय दत्त र माधुरी दिक्षीत

९० को दशकमा संजय र माधुरीको अफेयरलाई सबैले रुचाएका थिए । दुबैजनाले एकअर्कालाई एकदमै मन पराउथे र विवाहको गर्ने तयारी गरिरहेका थिए । त्यहि क्रममा संजय मुम्बई ब्लास्ट केसमा फसेका थिए र १९९३ मा संजयलाई गिरफ्तार गर्यो र माधुरी उनी देखि धेरै टाठा भइन् । संजयसँगको ब्रेक अप पछि माधुरीले अमेरिकामा बस्दै आएका डाक्टर श्रीराम नेनेसँग विवाह गरिन ।


संजय दत्त र रिया पिल्लई

मुम्बई ब्लास्ट केसको लामो कानुनी प्रक्रिया पछि उनी मुक्त भए । त्यति बेला माधुरी उनीबाट धेरै टाढिसकेकी थिइन् । त्यसपछि संजयको लाईफमा सोशलाइट रिया पिल्लईको आगमन भयो । उनीहरुले १९९८ मा विवाह गरेका थिए तर लामो समयसम्म सम्बन्ध टिकेन र २००५ मा उनीहरुको सम्बन्छ बिच्छेद हुन पुग्यो ।


संजय दत्त र नाडिया दुर्रानी

रियासँग विवाह गरिसकेपछि संजय दत्त नाडियासँग एक्स्ट्रा म्यारिटल अफेयर चललाएका थिए । कसैलाई पनि थाहा छैन उनीहरु नाडिया र संजय कसरी सम्पर्कमा आए । जब नडिया संजयको फिल्म सेटमा देखिन थालिन् तब रियाले संजयसँगको सम्बन्धलाई टुटाईन् । त्यसपछि नाडिया र संजयको सम्बन्ध पनि त्यति लामो समय टिक्न सकेन । केहि समय पछि नै संजय र नाडिया अलग अलग बस्न थाले ।


संजय र मान्यता दत्त

नाडीयाको रिलेसनसिप कै समयमा संजय मान्यतासँग नजिकिएका थिए । जब नाडिया संगको सम्बन्ध नै टुट्यो त्यो पछि भने यि दुइ एक अर्काको अझै करिब हुन पुगे । २ बर्षको सम्बन्धपछि ७ फेब्रुअरी २००८मा यी दुइले बिवाह गरे ।  २१ अक्टुबर २०१०मा यो जोडीको जुम्ल्याहा बच्चा शाहरान र इराकको जन्म भयो ।