दिपशिखाले किन गरिन कपाल मुण्डन ?

फिल्म ‘प्रेमलीला’ को ‘जाने क्या हुवा ए’ बोलको हिन्दी गीतको सुटिंग केहि दिन अगाडी सकिएको छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने नायिका दिपशिखा खड्का र नायक अली खानको अभिनय । उक्त गीतमा इन्डियन गायक राजा हसनको स्वर रहेको छ ।


फिल्ममा कथाको माग अनुसार नै हिन्दी गीत राखिएको चलचित्र कि निर्माता तथा नायिका दिपशिखा खड्का ले बताएकी छिन् । ‘प्रेमलिला’ बलिउड अभिनेता अली खानको डेब्यु नेपाली फिल्म हो । पात्रलाई न्याय दिलाउन आफुहरुले ईन्डिया देखी खानलाई नेपाल ल्याएको नायिका तथा निर्मात्री खड्काले बताएकी छन् । फिल्म पोखरामा छायांकन सकेर राजधानीमा छायांकन गर्ने भनिएको छ।


नायिका तथा निर्मात्री खड्काकै कथा रहेको चलचित्र ‘प्रेमलीला’ का निर्देशक जनक पाण्डे रहेका छन् भने पवन गौतमको छायांकन रहेको छ । फिल्ममा संगीतकारहरु महेश खड्का,नबिन कार्की र रबिराज शाहरहेका छन् भने राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ । प्रलाद खरेल मुख्य सहायक निर्देशन रहेको चलचित्रमा दिपशिखा खड्का, अली खान, सुरज तमु र रेखा शाहको मुख्य अभिनय रहेको छ ।


फिल्म सुटिंग चलिरहदा नायिका तथा निर्मात्री दीपशिखा कपाल मुण्डन गरेको अबस्थामा भेटिएकी छन् । कपाल मुण्डन गर्नुको कारण बारे उनले रहस्य खोल्न मिल्दैन तर केहि समयपछि आफै थाहा पाउने पनि बताइन ।