हाउडे मायाको ‘मिठो बोली’ रिलिज

- मेराेफिल्म

सिर्जना खत्री ‘हाउडे माया’ को नयाँ म्युजिक भिडियो ‘मिठो बोली’ रिलिज भएको छ । सिर्जना खत्री कै स्वर तथा शब्द रहेको उक्त गीतमा संगीत मनोज राज सिवाकोटीको रहेको छ । यस भन्दा अगाडी ‘हाउडे माया’ बोलको गीत सार्वजनिक गरेकी उनले उक्त गीतबाट ‘हाउडे माया’ उपनाम समेत पाएकी छन् । पछिल्लो समय उनलाई सिर्जना भन्दा पनि ‘हाउडे माया’ को नामले चिनिन्छ । जुना, रोशनी र नाबिनाको अभिनय रहेको म्युजिक भिडियोको कोरियोग्राफर तेन्जु योन्जन रहेका छन् । युवराज वाइवाले निर्देशन गरको म्युजिक भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् ।

२०७५ वैशाख २५ गते १२:४२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *