अष्ट्रेलियामा ‘कुम्भ करण’


आकाश पल इन्टरटेनमेन्ट र अष्ट्रेलियाको ग्लोबल मिडिया रिसर्च सेन्टरको तर्फबाट गणेश मल्ल ठकुरी बीच सम्झौता भएपश्चात फिल्म ‘कुम्भ कारण’ को अष्ट्रेलिया रिलिज पक्का भएको छ । फिल्मको अष्ट्रेलिया कपी राइट्स १२ लाखमा बिक्री गरिएको निर्माण पक्षले जनाएको छ ।

फिल्म कुम्भ करण’ यही असार ८ गते अल नेपाल र अस्ट्रेलियामा एकसाथ प्रदर्शनमा आउन लागेको हो । चलचित्रमा गौरव पहाडी, निशा अधिकारी, भोला सापकोटा, अभय बराल, आकाश पल, प्रमोद अग्र्हारी, कमल गाउँले, सदभाव थापा लगायतको मुख्य भूमिका रहेको छ ।

दीपक ओली निर्देशित फिल्म बिजय श्रेष्ठ, गिर प्रसाद घर्तीमगर, चित्र बहादुर घर्तीमगर र क्षितिज बस्नेतले निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरुण) हुन् भने लाइन निर्माताको रुपमा सरिता गिरी रहेकी छिन् । कुम्भ करणको गीत ‘कुटु कुटु यो मुटु खाने भो’ ले यस अघि नै चर्चा बटुलीसकेको छ ।