झरनाकी छोरी सुहाना, हिरोइन बन्ने चर्चा मात्र कहिलेसम्म ?

अभिनेत्री  झरना थापाले हङकङमा ‘नेफ्टा अवार्ड’ आयोजनाको समयमा नै घोषणा गरेकी थिइन् कि, ‘ए मेरो हजुर २’को मुख्य कलाकारमा अनमोल केसी, स्वतन्त्रप्रताप शाह र सुहानी थापा । सुहानी अभिनेत्री थापाकी छोरी हुन् । धेरैले झरनाको डेब्यू निर्देशन फिल्ममा उनकै छोरी हिरोइन हुन लागेको भनेपछि खुशी पनि व्यक्त गरे । तर, नेपालमा आएर लम्बेतम्बे कहानी बढ्यो । फिल्ममा यी तिनै कलाकार भएनन् । अनमोलले केही समय कुराएर फिल्म गरेनन्, सुहानीको चर्चा पनि सेलायो ।

जबजब अभिनेत्री झरना थापा फिल्म निर्देशनको  कुरा गर्छिन् उनकी छोरी हिरोइन बन्न लागेको चर्चा सुरु हुन्छ । यसपटक पनि फिल्म ‘ए मेरो हजुर ३’मा सुहानी नै हिरोइन हुन् कि भन्ने हल्ला सुरु भयो । तर, झरनाले फेरि छोरी हिरोइन अहिले नै नबन्ने बताइन् । अभिनेत्री झरना थापाकी छोरीको यो चर्चा मिडियामा लामो समयदेखि चलिरहेको छ । तर, न त सुहानी हिरोइन बनेकी छिन् न त मिडियामा खबर आउन छाडेको छ । कतै, छोरी हिरोइन नबन्दै उनलाई सेलिब्रिटी बनाउने झरनाको दाउ त होइन यो ? होइन भने आफैले घोषणा गरेको यत्रो बर्ष वितिसक्दा पनि झरनाले किन छोरीलाई हिरोइन नबनाएकी होलिन् ?