सगुनलाई के कुराले ब्याक गरायो ?

- मेराेफिल्म

फिल्म ‘ढुवानी’बाट नेपाली फिल्ममा आउँदै गर्दा मोडल सगुन शाहीलाई धेरैले नोटिस गरेका थिए । सगुन नेपाली फिल्ममा केही गर्न सक्ने अभिनेत्रीको रुपमा विश्लेषण पनि गरियो । तर, अहिले सगुन कहाँ छिन् र के गर्दैछिन् भन्ने कुरामा फिल्मीकर्मी र मिडिया नै खासै जानकार छैनन् । आखिर, एउटी सुन्दरीलाई के कुराले ब्याक गरायो होला ?सगुनका सामाजिक संजालका तस्बिर हेर्ने हो भने उनी अहिले लोक गीतका भिडियोमा बढी व्यस्त छिन् । तर, उनी न त मिडियाको टचअपमा नै रमाउन चाहन्छिन् न त हल्लाखल्ली नै गर्न चाहन्छिन् । कुनै समय मिडियामा रमाउने, बोल्ड फोटो खिचाउने सगुनलाई आखिर के कुराले ब्याक गरायो होला ?

सगुन फिल्म र भिडियोमा काम गर्दा गर्दै दुबई पुगिन् । दुबई पुगेर उनले राम्रै कमाई पनि गरेकी थिइन् । तर, सगुन दुबइमा रहँदा एक अभिनेतासँग गहिरो प्रेममा रहेको चर्चा फिल्म क्षेत्रमा चलेको थियो । सगुनले अहिलेसम्म यो बिषयमा मुख त खोलेकी छैनन् । दुबइबाट नेपाल आएर उनले भिडियोमा काम गरेपनि फिल्ममा उनी देखिएकी छैनन् ।सगुन शाही किन गुपचुप काम गर्न चाहिन्छन् ? के कुराले उनलाई मिडिया र दर्शकमाझ खुल्न गाह्रो बनाइरहेको छ ? आखिर, के कुराले यी हिरोइनलाई फिल्मबाट ब्याक गराएको होला ? सगुनले कुनै दिन मुख खोल्लिन् त ?

२०७५ वैशाख २५ गते १७:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *