सनी बन्दै रायसा सउजनी


गुगलमा सबैभन्दा ज्यादा खोजी गरिने सेलिब्रेटी सनी लियोनी आजकाल आफ्नो बायोपिक वेबसीरीज ‘करनजीत कौर द अनटोल्ड स्टोरी अफ सनी लियोनी’ मा काम गरिरहेकी छन् । यस बायोपिकमा सनीको जीन्दगीको पुरै जानकारी दिईनेछ । कति उनका बारेमा लुकेका राजहरु दर्शकले पर्दामा हेर्न पाउने छन् । सनी जन्मे देखि अहिलेसम्मको काहानी देखाईने छ । यहि सिलसिलामा सनीको टिनेजको दौरानलाई देखाउनको लागि रायसा सउजनीले फिल्ममा साइन गरेकी छन् । यसको खुलासा सनी आफैले आफ्नो ट्विटर मार्फत गरेकी थिइन् । उनले रायसाका साथ आफ्ना केहि फोटोहरु सेयर गरेकी छन् । रायसाले पनि खुशी ब्यक्त गर्दै सनीलाई ट्विटको लागि धन्यवाद दिएकी छन् ।

सनीका पति डेनियल वेबरको भुमिका निभाउनलाई साउथ अफ्रिकन एक्टरले साईन गरेका छन् । टीनेजको सिनपछि सनी आफै फिल्ममा अभिनय गर्ने छिन । फिल्म अहिले साउथ अफ्रिकामा शूटिंग भईरहेको छ । सनीले शूटिंगको पहिलो दिन निकै कठिन भएको, किनभने शूटिंग आफू जन्मेर हुर्केकै ठाउँमा भएको बताइन् । आफ्नो माता पिताको फोटो देखेर धेरै रोएको पनि उनले बताईन् । उनले आफ्नो बायोपिकमा देखाएको सबै साचो रहेको र सहि तरिकाले दर्शकलाई न्याय दिने समेत बताईन् । वेबसिरिज आगमी बर्ष रिलिज हुने छ ।