‘आमाबाबुसँग बस्नुस्, खास जिन्दगी त्यहाँ छ’ – अभिषेक बच्चन


अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन बाबु – छोरा भए पनि उनीहरू एकअर्कामा साथीको जस्तो व्यवहार गर्ने गर्छन् । कहिले काहीँ अमिताभ र अभिषेकको विषयमा सामाजिक सञ्जालमा ट्रोलसमेत बन्ने गरेको छ । अभिषेक आफ्ना बाबु-आमासँग बस्ने गरेको बारेमा हालै एउटा ट्रोल बनेको थियो र त्यसले निकै चर्चा पाएको थियो । त्यसबारे अमिताभले राम्रै जवाफ दिएका छन् । उनले अभिषेक छोरा मात्र नभई आफ्नो साथीजस्तो भएको बताएका छन् । ‘जुन दिन मेरो जुत्ता अभिषेकको खुट्टामा ठीक भयो, त्यहाँ देखि ऊ मेरो साथी बनेको हो’, अमिताभले भनेका छन्, ‘अचेल ऊ मेरो कपडा पनि माग्छ । ऊ मेरो एकदम मिल्ने साथी हो । ऊ मेरो अन्तिम साससम्मै सँगै रहनेछ ।’


सन्तान हुर्किएपछि बाबुआमासँग छुट्टिएर बस्ने वेस्टर्न कन्सेप्ट भएकाले आफूहरू त्यसको पक्षमा नरहेको अमिताभले स्पष्ट पारेका छन् । उनको भनाइ छ, ‘हाम्रो संस्कारमा सन्तान सधैँ बाबुआमासँगै बस्ने गर्दछन् ।’

‘मलाई जसले जे भने पनि फरक पर्दैन ।’ अभिषेकले भने ‘बाबुआमाको साथमा बस्न पाउँदा गर्व लाग्ने गरेको बताएका छन् । म बाबुआमासँग बस्छु । यसमा मलाई गर्व छ । तपाईंहरू पनि सक्नुहुन्छ भने आमाबाबुसँग बस्नुस् । खास जिन्दगी त्यहाँ छ’ अभिषेकको भनाइ छ ।
साभारः नयाँ पत्रिका