“फास्ट-फास्ट” म्युजिक भिडियो सार्वजनिक

- मेराेफिल्म


डश म्युजिक र चाम्लिङ ईन्टरटेइन्टमेन्टले “फास्ट-फास्ट” (कल्पना) गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । फास्ट बिटको यस गीतमा गायक शंकर थापा स्माईल र गायिका सुमी चाम्लिङ राईको स्वर तथा डि.पी खनालको शब्द रचना रहेको छ । उक्त गीतमा संगीतकार शंकार थापा स्माइली कै संगीत तथा उदय राज पौडेलको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा चर्चित नायिका प्रियंका कार्की र कोरियोग्राफर सुनिल क्षेत्रीको साथमा उनकै डान्स ग्रुप “नेपाली ठिटोज” को डान्स हेर्न सकिने छ । भिडियोलाई अनिल कुमार मानन्धरले खिचेका छन् भने सम्पादन बिकास ज्ञवालीको रहेको छ । म्युजिक भिडियोमा कोरियोग्राफी र निर्देशन सुनिल क्षेत्रीको रहेको छ ।

२०७५ वैशाख २६ गते १०:०३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *