‘फास्ट फास्ट’ प्रियंका

“डश म्युजिक “र चाम्लिङ ईन्टरटेइन्टमेन्ट्ले ‘फास्ट-फास्ट’ (कल्पना) गीतको भिडियो सार्वजनिक गरेको छ । फास्ट बिटको यस गीतमा गायक शंकर थापा स्माईल र गायिका सुमी चाम्लिङ राईको स्वर तथा डि.पी खनालको शब्द रचना रहेको छ ।

उक्त गीतमा संगीतकार शंकर थापा स्माइली कै संगीत तथा उदय राज पौडेलको संगीत संयोजन रहेको छ ।म्युजिक भिडियोमा चर्चित नायिका प्रियंका कार्की र कोरियोग्राफर सुनिल क्षेत्रीको साथमा उनकै डान्स ग्रुप “नेपाली ठिटोज” फिचर्ड छन । भिडियोलाई अनिल कुमार मानन्धरले खिचेका छन् भने सम्पादन बिकास ज्ञवालीको रहेको छ । म्युजिक भिडियोमा कोरियोग्राफी र निर्देशन सुनिल क्षेत्रीको रहेको छ ।