अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन’ सार्वजनिक

युट्युबमा भाईरल बनेका अशोक दर्जीको पहिलो गीतको भिडियो सार्बजनिक भएको छ । ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीतको भिडियो उनी भाईरल भएपछि र अघिको जीवनलाई समेटेर बनाईएको छ ।

४ मिनेट ४० सेकेण्डको उक्त गीतको भिडियो भने ११ मिनेट ३० सेकेण्डको रहेको छ। पुरा भिडियोमा अशोक र गायक टंक तिमिल्सिना देखिएका छन् । भिडियोको बाकि भागमा गीत तथा भिडियो निर्माताहरुलाई देखाईएको छ । साथै अशोक दर्जी चर्चामा आएपछि उनले पाएका अवसर र उनलाई सहयोग गर्ने युट्युब च्यानलका भिडियोहरुको स्क्रीनसटलाई समाबेश गरिएको छ ।

गीतमा गायक तथा संगीतकार टंक बुढाथोकीको पनि आवाज रहेको छ । संगीत शिक्षा पनि सुरु गरेका अशोकको आगामी गीतहरुमा अझै निखारिएको आवाजको अपेक्षा गर्न सकिन्छ । गीत एरेन्ज, भिडियो कन्सेप्ट, सम्पादन र निर्देशन समेत टंककै रहेको छ भने गीतलाई बिराज नेपालले लेखेका हुन् । स्टुडियो नाईनमा रेकर्ड भएको गीतको भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेका हुन् भने शोम मगरातीको शृंगार रहेको छ ।