रणवीर-आलिया सार्वजनिक समारोहमा संगसंगै

रणवीर कपूर र आलिया भट्टबीचको अफेयरको चर्चा चलिरहेको छ । यी दुई अहिले फिल्म ब्रह्मास्त्रमा सँगै काम गरिरहेका छन् अनि सार्वजनिक समारोहमा पनि सँगै देखिन थालेका छन् ।


हालै सोनम कपूरको बिहेको रिसेप्सन पार्टीमा आलिया र रणवीर सँगसँगै पुगे । बलिउड हस्तीहरुको बाक्लो उपस्थिति का बाबजुत सबैको नजर रणवीर र आलिया माथि थियो ।

दुवैजनाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अर्को एक भिडियोमा आलियाले रणवीरका दिदीहरू करिश्मा र करीनासँग गफ गर्दै गरेको देखिन्थ्यो । त्यसमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आलिया अब करिश्मा–करीनाको बुहारी बन्न लागेको हो कि भनी टिप्पणी गरेका छन् ।