‘छक्का पन्जा ३’ भोलीबाट फ्लोरमा

- मेराेफिल्म

‘ऐश्वर्य’ डेब्यू नायिका दीपिका प्रसाईलाई फिल्ममा अनुबन्ध गरेको फिल्म ‘छक्का पन्जा ३’ छायाङ्कन भोली देखी चित्लाङबाट सुरुहुने भएको छ । फिल्मको छायाङ्कन चित्लाङ हुँदै दमौली, पोखरा लगायतका ठाउँमा हुनेछ ।  रेकर्ड ब्रेकर ‘छक्का पन्जा’ को सिक्वेल ‘छक्का पन्जा ३’ को स्क्रिप्टमा समय नपुगेको र आफुलाई चित्त नबुझेको भन्दै निर्माण टिमले सुटिङ केही दिन पर सारेको थियो । ‘वैशाख १७ गतेबाट फ्लोरमा जान्ने भनिएको फिल्मको आन्तरिक तयारी नपुगेको भन्दै सुटिङ सारिएको थियो ।
दीपाश्री निरौलाको निर्देशन रहने फिल्ममा पुरानै कलाकारहरु दोहोरिने छन् । दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, वुद्दि तामाङ लगायतका कलाकारहरुसँगै यस पटक नायिका दीपिका प्रसाई ‘छक्का पन्जा’ टिममा जोडिएकी छिन् भने नायिका प्रियंका कार्की विशेष अतिथिको भूमिकामा देखिने छिन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायाङ्कन रहनेछ । फिल्म दशैँको फूलपातिबाट प्रदर्शनमा आउनेछ ।

२०७५ वैशाख २७ गते १३:२३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *