नम्रताको पीडाः ‘कान्छी’ छोडिन्, ‘समर लभ’को टुंगो छैन

अभिनेत्री नम्रता सापकोटालाई दर्शकले फिल्ममा भन्दा सामाजिक संजालमा बढी सक्रिय भएकाले चिन्छन् । सामाजिक संजालमा भिडियो बनाउन माहिर नम्रता फिल्ममा भने फिक्का छिन् । गएको बर्ष रिलिज भएको फिल्म ‘कान्छी’ उनले छाडिन् । फिल्मको टिमसँग असन्तुष्ट भएपछि नम्रताले यो फिल्म छाडेकी हुन् । यो फिल्म छाडेर नम्रतालाई फाइदा भो कि घाटा, उनले नै जानुन् । तर, नम्रताको ठाउँमा आएकी अनु शाहलाई भने यो फिल्म चलेर केही फाइदा भएन ।

नम्रताले काम गरेको अर्को फिल्म ‘समर लभ’को छायांकन नै सकिएको छैन । यो फिल्म घोषणा भएको २ बर्ष भैसक्यो । तर, निर्देशक मुस्कान ढकालले फिल्म अझै सकेका छैनन् । फिल्मको रिलिज मिति त कहिले को कहिले ? यो फिल्ममा पनि नम्रता सहायक हिरोइन हुन् । मुख्य अभिनेत्रीको रुपमा उनले फिल्मलाई होल्ड गर्न नै सकेकी छैनन् । फिल्म ‘ब्रासलेट’मा पनि नमं्रता सहायक अभिनेत्रीको रुपमा थिइन् । जबकी, नम्रता भन्दा पछि आएकी रजनी केसीले मुख्य अभिनेत्रीको रुपमा फिल्ममा काम गरिन् । नम्रता सापकोटाको फिल्मी करिअर अब अस्ताउन थालेको छ । कुनै फिल्म छोडेरै पीडा, कुनै फिल्म रिलिजको टुंगो नभएरै पीडा ? आखिर, नम्रता कहिलेसम्म पीडै पीडाको करिअर लिएर अगाडि बढ्लिन् त ?