साउन १८मा ‘कायरा’

- मेराेफिल्म

पछिल्लो समयकी चल्तीकी नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह र एक समयका चल्तीका चकलेटी नायक आर्यन सिग्देल अभिनित फिल्म ‘कायरा’ साउन १८ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । नायक आर्यन सिग्देल कै निर्माण रहेको कायरा फिलिपिन्समा छायाङ्कन गरिएको छ ।

कुनै समय फिल्ममा एकछत्र राज गरेका आर्यन सिग्देलको चकलेटी अनुहारले दर्शकको मन त लोभ्यायो तर निर्माता निर्देशकको नजरमा धेरै समय टिक्न सकेनन । र पछिल्लो समय उनी फिल्म निर्माणमा अग्रसर भएका छन । आर्यनको तेश्रो निर्माण रहेको फिल्म ‘कायरा’मा लक्ष्मण रिजालको निर्देशन रहेको छ भने संगीत कल्याण सिंहको रहेको छ ।

२०७५ वैशाख २७ गते १७:४४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *