आजबाट हलमा ‘लम्फू’, ‘हिरोज’ र ‘मनाङ्गे नानी’

फिल्म ‘लम्फू’ आज (शुक्रबार)बाट देशभर रिलीज भएको छ ।

एक युवाको जीवनमा अनायासै आईपर्ने उतार-चढावहरुमा आधारित यो फिल्ममा समयलाई शत्रु बनाईएको छ । आफ्नो जीवनमा हरेक दिन आईपर्ने सबै समस्याहरुलाई सहजै स्विकार गर्न सक्ने एक युवाले फिल्मलाई शुरु देखी अन्तिमसम्म बोकेको बताईएको छ । फिल्ममा नव-नायक कबिर खड्का, सलोन बस्नेत मरिस्का पोखरेल, चाँदनी शर्मा, सञ्जीत भण्डारी, आयान खड्का, कुशाग्र भट्टराई, कुशुम श्रेष्ठ (तरकारीवाली) लगायतको मुख्य अभिनय रहेको छ । पपूलर मल्टिमिडीयाको ब्यानरमा गोपाल चन्द्र लामिछानेद्वारा निर्देशित फिल्मलाई शक्ति बल्लव घोरासैनीले निर्माण गरेका हुन् ।

यस्तै आज शुक्रबारबाटै फिल्म ‘हिरोज’ पनि प्रदर्शनमा आएको छ । चेलीबेटी बेचबिखन, बेरोजगारी, सडक बालबालिकाको कथामा आधारित रहेको फिल्म हिरोजमा एनवी महर्जनको निर्देशन रहेको फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, पूर्णिमा लामा, संजोग राणा, ज्याक श्रेष्ठ, दिलकृष्ण श्रेष्ठ लगायतका कलकारहरुको अभिनय रहेको छ । लक्ष्मी लामाको प्रस्तुतिमा जय लक्ष्मी फिल्म्सको ब्यानरमा तयार भएको फिल्म शेखर लामा, युवराज लामा र संजोग राणा लगायतको संयुक्त लगानिमा निर्माण भएको हो । फिल्ममा कविराज गहतराज, रामजी लामीछाने र कमल राईको कोरियोग्राफी रहेको छ भने छायाङ्कन शिब ढकाल र रामशरण उप्रेतीको रहेको छ ।

शुभेक्षा फिल्म प्रोडक्सन प्रालिको ब्यानर निर्माण भएको फिल्म ‘मनाङ्गे नानी’ पनी शुक्रबारबाटै प्रदर्शनमा आएको छ । फिल्ममा भिम गुरुङ, शान्ती गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ, खुसि गुरुङ लगायतको अभिनय रहेको छ ।