नेहा धुपिया र अंगद बेदीको विवाह (फोटो फिचर)

३७ बर्षीया बलिउड एक्ट्रेस नेहा धुपियाले २ बर्ष कान्छा एक्टर अंगद बेदीसंग विवाह गरेकी छन् । यी दुईको विवाह गुपचुप जस्तै भयो । नेहाले सामाजिक संजाल मार्फत आफ्नो विवाहको जानकारी दिएकी छन् ।

उनले ट्विटरमा लेखेकी छन्, ‘मेरो जिन्दगीको सबै भन्दा सहि फैसला । मैले आज मेरो आफ्नो सबै भन्दा नजिकको साथी संग विवाह गरे ।’ त्यस्तै अंगदले, ‘नाउ वाइफ! वेल हेल्लो देयर मिसेस बेदी’ लेखेका छन् ,भने फिल्म मेकर कारण जौहरले ट्वीट मार्फत नै यी दुइलाई बधाई दिएका छन् । स्रोतका आनुसार नेहा र अंगदको विवाह आइतबार दिल्लीमा भएको थियो ।