बिजनेसम्यान पट्याउने सोनम लगायत ८ बलिउड अभिनेत्री


बलिउड एक्ट्रेस सोनम कपुरले दिल्ली बेस्ड बिजनेसम्यान आनन्द आहुजा संग विवाह गरेकी छन् । बिजनेसम्यानसंग विवाह गर्ने उनी पहिलो बलिउड एक्ट्रेस भने होइनन् । शिल्पा, असिन, जूही चावला लगायतका पति समेत जानेमाने बिजनेसम्यान नै हुन् । आज हामी चर्चा गर्दै छौ यिनै  ७ बलिउड एक्ट्रेसको बारेमा जसले पतिको रुपमा बिजनेसम्यानलाई छाने ।

शिल्पा शेट्टी / राज कुन्द्रा
शिल्पा शेट्टीले २००९ मा लन्डन बेस्ड बिजनेसम्यान राज कुन्द्रासंग विवाह गरेकी थिइन् । हाल यी दुईका एक छोरा वियान समेत रहेका छन् । पहिलो भेट भने लण्डनमा २००७ मा भएको थियो । रियालिटी सो बिग ब्रदर जिते पछी शिल्पा पपुलर भइन् भने राज पहिले बाटै लण्डनमा बिजनेसमा पपुलर थिए । शिल्पा परफ्युम ब्राण्ड एस २ को प्रोमोसनमा थिइन् सोहि काममा राजले सहयोग गरेका थिए । यहि बीच सम्बन्ध बढ्दै गयो र २००९मा विवाह भयो । शिल्पले १९९३ मा फिल्म बाजिगरबाट डेब्यु गरेकी थिइन् । यसका साथै आओ प्यार करेंगे, छोटे सरकार, हिम्मत, जमिर लगायत फिल्ममा काम गरेकी छन् ।

असिन / राहुल शर्मा
असिनले माइक्रोम्याक्सको को – फाउण्डर राहुल शर्मासंग २०१६मा विवाह गरिन । असिन र राहुल सबै भन्दा पहिले २०१२मा मुम्बई एअरपोर्टमा मिलेका थिए । जुन समय असिन फिल्म हाउसफुल-२ को प्रोमोसनलाई अक्षय कुमारसंग जादै थिइन् । अक्षयले नै यी दुईको चिनजान गराएका थिए । यहि भेट मित्रता हुदै विवाह सम्म पुग्यो र १९ जेनेवारी २०१६मा विवाह भयो । असिनले २००५मा फिल्म गजनी मार्फत फिल्ममा डेब्यु गरेकी थिइन् । यसका साथै उनले लन्डन ड्रिम्स, रेडी, हाउसफुल – २, बोल बच्चन लगायतका फिल्ममा काम गरेकी छन् ।

जुही चावला/ जय मेहेता
जुही चावलाले बिजनेसम्यान मेहेता ग्रुपका चेयरम्यान जय मेहेता संग १९९५ मा बिवाह गरेकी हुन् । यी दुईका दुई सन्तान जहान्वी र अर्जुन रहेका छन् । साउथ अफ्रिकामा एउटा फिल्म सुटिंगको क्रममा जुही जयको भेट भएको थियो । यी दुइको निकटता बढ्दै गयो तर जय बिवाहित थिए । एक्कासी उनकी पत्नी सुजाताको मृत्यु भयो । यहि समयमा जयकी आमाको समेत स्वास्थ्यमा समस्या आयो । यो समय जुहीले उनको स्याहार गरिन । यो कारण अझ नजिकिएका यी दुइले १९९५मा बिवाह गरे । जुहीले १९८६मा फिल्म सल्तनबाट डेब्यु गरेकी थिइन् भने कयामत से कयामत तक, राधाका संगम, आइना, डर लगायत फिल्ममा उनको अभिनय हेर्न सकिन्छ ।

टिना मुनिम / अनिल अम्बानी
टिना मुनिमले रिलायन्स ग्रुपका चेयरम्यान अनिल अम्बानी संग १९९१मा लगन गाठो कसिन । यी दुइका २ सन्तान अनमोल र असुल अम्बानी रहेका छन् । अनिलले टिनालाइ पहिलो पटक एक बैबाहिक समारोहमा देखेका थिए । त्यो समय टिना मात्रै कालो सारीमा आएकी थिइन् । विदेशको ट्रीपमा एक साथीले यी दुइको चिन्जान गराइदिए । अनिल पहिलो भेटमै मन परे पनि उनले रिलायन्स ग्रुपको बारेमा सुनेकी सम्म थिइनन् । विवाहको फैसला एक अर्काले गरे पनि अनिलको परिवार खुसि थिएन । धेरै समय पछी पारिवारिक सहमतिमै यी दुइको बिवाह भयो । टिनाको डेब्यु फिल्म देस परदेश हो । यसका साथै कर्ज, मनपसंद, लुटमार, राकी, सौतन लगायतमा उनले काम गरेकी छन् ।

आयशा टाकिया /फरहान आजमी
आयशा टाकियाले २००९मा रेस्टुरेन्ट ब्यवासायी फरहान आजमीसंग बिवाह गरिन । यी दुइका एक छोरा मिकेल रहेका छन् । फरहान समाजबादी पार्टीका नेता अबु आजमीका छोरा हुन् । आयसा र फरहानको भेट फरहानकै रेस्टुरेन्टमा भएको थियो । केहि समयको डेटिङ पश्चात यी दुइले बिवाह गरे । आयशाले फिल्म टार्जन द वंडर कार मार्फत डेब्यु गरि शादी नम्बर वान, होम डेलिभरी, शादी से पहेले लगायत फिल्ममा अभिनय गरेकी छन् ।

अमृता अरोरा/ शकिल लडाक
अमृता अरोराले कन्स्ट्रक्सन बिजनेसम्यान शकिल लडाकसंग २००९ मा बिवाह गरिन । आफ्नो पहिलो श्रीमतीलाई डिभोर्स दिएर शकिलले अमृतासंग बिवाह गरेका थिए । बिवाह अगाडी नै अमृता गर्भवती भइन् यसै कारण पनि यी दुइको बिवाह चाडै नै भयो । आजन र रयानका माता पिता बनेका छन् यी दुई । २००२ मा फिल्म ‘कितने दुर कितने पास’ मार्फत बलिउड इन्ट्री गरेकी अमृताले आवारा पागल दिवाना, जमिन, रक्त, स्पिड लगायत फिल्ममा अभिनय गरेकी छन् ।

सेलिना जेटली/ पिटर हेग
सेलिना जेटलीले २०११ मा दुबइ बेस्ड बिजनेसम्यान पिटर हेगसंग बिवाह गरिन । पिटरको दुबईमा धेरै होटल छन् । एक फेसन सोको ओपनिंगमा सेलिना पिटरको भेट भएको थियो । फेमिली फ्रेन्डले एक अर्कासंग चिनजान गरएका थिए । र बिस्तारै कुरा बिवाह सम्म पुग्यो । सेलिनाको पहिलो फिल्म २००३ मा जानसीन आएको थियो । त्यस पश्चात सिलसिले, गोलमाल रिटर्न, नो इन्ट्री लगायत फिल्ममा काम गरेकी छन् ।