‘छक्का पन्जा ३’ शुभ मुर्हत, आजैबाट सुटिङ सुरु

फिल्म ‘छक्का पन्जा ३’को आज सुर्यबिनायक मन्दिरमा शुभ मुर्हत गरिएको छ । फिल्म छायाङ्कन समेत आजैबाट सुरु भएको छ । फिल्मको छायाङ्कन चित्लाङ हुँदै दमौली, पोखरा लगायतका ठाउँमा हुनेछ । रेकर्ड ब्रेकर ‘छक्का पन्जा’ को सिक्वेल ‘छक्का पन्जा ३’मा दीपाश्री निरौलाको निर्देशन रहने छ ।

फिल्मममा दीपकराज गिरी, पुष्प खड्का, दिपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट लगायतका कलाकारको अभिनय रहनेछ भने नायिका प्रियंका कार्की विशेष अतिथिको भूमिकामा देखिने छिन् ।

रेकर्ड ब्रेकर छक्का पन्जा सिरिजको तेश्रो सिक्वेलबाट नायक पुष्प खड्का र नायिका दिपिका प्रसाई छक्का पन्जा टिमसँग जोडीएका छन । जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा छन् ।
फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहनेछ फिल्ममा पुरुषोत्तम प्रधानको छायाङ्कन रहनेछ । ‘छक्का पञ्जा ३’मा कथा दिपकराज गिरीको हो भने संवाद दिपकसँगै जीतु नेपाल, केदार घिमिरे र यामन श्रेष्ठको रहेको छ । फिल्म दशैँको फूलपातिबाट प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।


तस्बिर : आर्यन बिमली