स्वस्तिमा फुच्ची, दीपिका ठिक्क

अभिनेत्री दीपिका प्रसाइलाई फिल्म ‘छक्का पन्जा ३’मा हिरोइन बनाएपछि अहिले फिल्मका निर्माता दिपकराज गिरीले विभिन्न प्रश्नको सामाना गरिरहेका छन् । दीपिकालाई किन लिएको ? स्वस्तिमा र बर्षा किन भएनन् ? यस्तै यस्तै प्रश्नको जवाफ दीपकले दिइरहेका छन् ।

दीपकले फिल्ममा दीपिका हुनुको कारणबारे भने–‘हाम्रो कथामा नै हिरोइन केही फुच्ची चाहिएको थियो । यसैले, मेरो उमेर भन्दा सानी हिरोइन चाहिने भएकाले दीपिकालाई रोजिएको हो ।’ दीपकले यसो भनेपछि एकजना पत्रकारले सोधे–‘तपाइले फुच्ची हिरोइन भन्नुभयो । दीपिका भन्दा पनि अझै फुच्ची त स्वस्तिमा थिइन् होला नी ?’
दीपकले यसमा भने–‘हामीलाई ठिक्ककी हिरोइन चाहिएको हो, फु…च्ची हिरोइन होइन । दीपिका ठिक्क छिन् ।’ स्वस्तिमाको आफ्नो बहिनीको भूमिकामा भएको भए लिन सकिन्थ्यो भनेर दीपकले जवाफ दिए । दिपकले स्वस्तिमासँग आफ्नो जोडी नसुहाउने तर दीपिकासँग सुहाउने बताए ।
फिल्ममा नलिएपछि जे बहाना बनाइदिए पनि त भयो नी होइन दिपकजी ?