कहिलेसम्म जर्बजस्ती घुस्ने हुन् प्रियंका ?

अभिनेत्री प्रियंका कार्कीको नाम कुनै समय फिल्मको सुरुवातमा आउथ्यो । तर, अहिले साथमा प्रियंका पनि भनेर लेख्न थालिएको छ । देशकी हिट हिरोइनका लागि यो शोभा दिने कुरै भएन । तर, पनि यसले प्रियंकालाई कुनै फरक पारेको छैन । फिल्म ‘छक्का पन्जा ३’को शुभमुहुर्तमा सबैभन्दा बढी उठेको प्रश्न यही नै थियो । प्रियंकाको विकल्प किन खोजियो ?

यसमा फिल्मका निर्माता र निर्देशकले जवाफ दिए । पहिलो पटक मुख खोलेरै दीपकराज गिरीले प्रियंकासँग आफ्नो जोडी धेरै फिल्ममा भएकाले दर्शक कन्फ्यूज हुने थालेको बताए । दीपक प्रियंकासँग आफ्नो जोडीले दर्शक वाक्क बनाउन थालेको घुमाउरो जवाफ दिए । तर, दीपकराज गिरीलाई मस्का लगाउन भने प्रियंकाले छाडेकी छैनन् । दीपकमाथि अरुको हक नै नलाग्ने भन्दै प्रियंकाले मस्का लगाएपनि दीपक अहिले उनीसँग वाक्क भएर नयाँ हिरोइन खोज्न वाध्य भए । तर, प्रियंकालाई भूमिका भन्दा पनि जर्बजस्ती फिल्ममा कुनै न कुनै भूमिकामा घुस्ने बानी परेको छ । यसैले, उनी साथमा प्रियंका भन्दा पनि खुशी छिन् ।
फिल्ममा आफू आमाको भूमिकाका लागि पनि तयार हुने प्रियंका अब जर्बजस्ती घुस्न छाडेर आफ्नो अस्तित्व खोज्न लाग्नुपर्ने बेला आएको भान हुन थालेको छ । जस्तो भूमिका दिदा पनि गर्दा आफू सस्तो भएको प्रियंकाले कहिले चेत्ने होलिन् ?