स्कुल ड्रेसमा यस्ती देखिन्छिन् करिश्मा

करिश्मा मानन्धर नेपाली फिल्म क्षेत्रको एक चर्चित अभिनेत्री र तथा फिल्म र्निमात्री हुन् । उनी नेपाली रजतपटमा सबैभन्दा सुन्दर नायिकाका रूपमा समेत चिनिन्छिन । उनको पहिलो फिल्म १४ वर्षको उमेरमा वि.सं. २०४२ सालमा बनेको ‘सन्तान’ हो ।

ग्यालेक्सी पब्लिक स्कुलबाट कक्षा आठ पास गरेपछि १४ वर्षको उमेरमा फिल्म क्षेत्रमा होमिएकी करिश्मा अहिले मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ पास गरि कक्षा १० मा अध्ययन गरिरहेकी छिन् । त्यतिबेला टुटेको पढाईलाई ३० वर्षपछि जोड्दै उनी ४४ वर्षको उमेरमा विद्यालय भर्ना भइन् । र, मन लगाएर पढिन् । फिल्म र राजनीतिमा समेत संलग्न उनले पछिल्लो समय पढाईलाई पहिलो प्राथमिकता दिएकी छिन् । सकभर नियमित स्कुल जाने उनी आफूले नजानेको कुरा छोरीभन्दा कम उमेरका बालबालिकासँग सोध्न लजाउँदिनन् ।