ट्यालेन्ट शोमा मिस नेवाका प्रतिस्पर्धी

नेप्लीज फेसन होमको आयोजनामा शनिवार काठमाडौंमा सम्पन्न ट्यालेन्ट शोमा ‘मिस नेवाः ११३८’ का प्रतिस्पर्धीले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । थापाथलीस्थित ब्लूबर्ड मलमा रहेको मूड्समा आयोजित ट्यालेन्ट शोमा सहभागि १७ प्रतिस्पर्धी मध्ये अधिकांशले नेवारी भाषाका गीतमा नृत्य प्रस्तुत गरे भने केहिले धार्मिक नृत्य समेत प्रस्तुत गरेका थिए ।

ट्यालेन्ट शोकोमा रिजु मानन्धर, बीना महर्जन, सृष्टि शाक्य, राधा श्रेष्ठ, निकिता शाक्य, प्रजिता श्रेष्ठ, सन्ध्या श्रेष्ठ, प्रज्ञा श्रेष्ठ, अनिशा तोयना, मतिना मानन्धर, प्रदिका महर्जन, उस्मि श्रेष्ठ पस्मिना शाक्य, अञ्जु श्रेष्ठ, सरिसा श्रेष्ठ मिलु श्रेष्ठ सरिला मर्हजनको सहभागिता रहेको थियो ।

उक्त शोको निर्णायकमा निर्णय श्रेष्ठ, उज्जवल कृष्ण श्रेष्ठ, योगिता महर्जन, इप्सु श्रेष्ठ, रीना डंगोल, रीना महर्जन, प्रदीपमान प्रधान, अजय सिंह सुवाल तथा डा.विमला शाक्य रहेका थिए । मिस नेवाः को ग्राण्ड फिनाले जेठ १२ गते काठमाडौंमा हुनेछ ।