ज्याक्लिन फर्नान्डिज कार दुर्घटनामा

बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डिज कार दुर्घटनामा परेकी छन् । रेस-३ को सुटिङ सकिएपछि अभिनेता सलमान खानले राखेको सेलिब्रेसन पार्टीमा उपस्थित हुनको लागि उनको घर गएकी थिईन । पार्टीबाट फर्किने क्रममा रातको करिब २ बजेर ४५ मिनेटमा मुम्बइ बान्द्राको कार्टर रोडमा ज्याक्लिन कार दुर्घटनामा परेकी हुन् । उनको कार अटोरिक्शासंग ठोक्किएको थियो । अटो चालकले मदिरा सेवन गरेका थिए ।

सन् २००६ मा मिस श्रीलंका युनिभर्सका क्राउन पहिरिन सफल ज्याकलिन फर्नाडीज श्रीलंकाको राजधानी कोलम्बोमा हुर्किएकी हुन् । मोडलिङ्ग गर्ने उद्देश्यले भारत आएकी उनले सन् २००९ मा रिलिज फिल्म ‘अलादीन’ बाट आफ्नो करियर सुरुवात गरेकी थिइन् । ज्याकलिन अंग्रेजी, फ्रेन्च र अरेबिक भाषा मज्जाले बोल्न सक्छिन् । तर हिन्दी बोल्ने सवालमा भने उनी अहिले पनि कच्चा नै छिन् ।