सुदर्शन क्याम्पबाहिर पूजा : सुरजको फिल्ममा अनुबन्धित

अभिनेत्री पूजा शर्मालाई सुदर्शन थापाको हिरोइनको ट्याग छ । अघोषित सम्बन्धमा रहेका दुवैले पछिल्ला केही वर्ष एक अर्काबिना फिल्म बनाएका छैनन् । ‘मधुमास’यता सुदर्शनले निर्देशन गरेका सबै फिल्ममा पूजा शर्मा मुख्य भूमिकामा छिन् । तर, ‘रामकहानी’को सुटिङ सेटबाट दुवैका बीचमा सुमधुर सम्बन्ध नभएको हल्ला बाहिरिएको थियो । पूजाको जन्मदिनमा भएको केक काण्डले यो हल्लालाई मजबुत बनाएको थियो ।
तर, यही हल्लाबीच पूजाले पहिलो पल्ट सुदर्शनलाई छाडेर नयाँ निर्देशकसँग काम गर्न लागेको खबर छ । खबर अनुसार पूजाले सुरज सुब्बा नाल्बोको निर्देशनमा बन्न लागेको अनाम फिल्म साइन गरेकी छिन् । जुन खबरको पूजा स्वयंले पुष्टि गरेकी छिन् ।
‘फिल्मको नाम फाइनल भइसकेको छैन । तर मैले फिल्म साइन गरिसकेकी छु । यसको कथा मन परेकाले गर्न राजी भएकी हुँ,’पूजाले भनिन् ।
फिल्मको कथा अन्तरजातीय जोडीको रहेको र पूजाको अपोजिटमा दयाहाङ राईसँग कुरा भइरहेको जनाइएको छ । फिल्मका लागि माला लिम्बूसँग पनि कुरा भइरहेको श्रोतको दाबी छ ।
‘सायद’यता सुरज सुब्बा नाल्बो एक हिटका लागि तडपिरहेका छन् । ‘सायद’यता उनले निर्देशन गरेका कुनै फिल्मले लगानी उठाएका छैनन् । यो फिल्मपछि रिलिज भएका ‘फेसबुक’, ‘बितेका पल’, ‘माई भ्यालेन्टाइन’, ‘माई प्रमिस’, ‘वन वे’ र ‘रातो घर’ सबै फिल्म फ्लप मानिएका थिए ।

नाजिर हुसेनः अब्बल अभिनय गर्छन् तर किन चल्दैनन् ?

‘बुलबुल’ निर्देशकको ‘भूठान’मा हरिवंश र दयाहाङ

दिवाकरको ‘मायाबी’को छायांकन सकियो

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया