उदेशको ‘आमा’ गीत सार्वजनिक

Mero Film

पप गायनमा आफ्नो छुट्टै छबी बनाउन सफल गायक उदेश श्रेष्ठले अन्तर्राष्ट्रीय आमा दिवसको अवसर पारेर आमाहरू प्रति समर्पित गर्दै ‘आमा’ बोलको गीत तथा भिडियो सार्वजनिक गरेका छन् । डा. कृष्ण हरी बरालद्वारा लिखित यस गीतमा श्रीलंकाका प्रख्यात संगीतकार राज थिलाइयमपलमको संगीत रहेको छ । श्रीलंकामा छायांकन गरिएको म्युजिक भिडियोका सम्पादक,निर्देशक, कलाकार समेत श्रीलंकाली नै रहेका छन् ।

यस गीतका बारेमा गायक उदेश श्रेष्ठ भन्छन्, ‘हुन त आमालाई माया गर्न कुनै शुभ साईत क़ुर्न आवश्यक पर्दैन, संसारमा जीवित भगवान भनेको नै मात्र आमा हुन, कतिपय त्यस्ता सन्तान पनि छन जस्ले बर्ष भरीमा केवल एक दिन पनि आमालाई माया दिन सक्दैनन, त्यस्ता भड्किएका सन्तानहरू प्रति पनि यसै गीत मार्फत सही चेतना दिन सकुँ भन्ने मेरो उद्येश्य रहेको छ ।’


Leave a Reply

Your email address will not be published.