प्रियंका र आँचलले सल्लाहा गरेरै पहिरन लगाएका हुन् क्या ?

कार्यक्रम थियो, फिल्म ‘शत्रु गते’ले विभिन्न हलमा ५१ दिन मनाएको उपलक्ष्यमा आयोजित पार्टीको । कार्यक्रममा सबैको नजरमा परे दुई अभिनेत्री प्रियंका कार्की र आँचल शर्मा । प्रियंका कार्यक्रममा पहिले आइपुगेकी थिइन् । प्रियंकाको फेसनले सबैलाई मोहित बनायो । कार्यक्रम संचालन गरिरहेका अभिनेता जीतु नेपालले त ठट्यौली शैलीमा भनिदिए–‘प्रियंकाको पहिरन आकर्षक छ । आज, पाइन्टले पनि सारी लगाउन पाएछ ।’

प्रियंकापछि आएकी आँचल शर्माको पहिरनले पनि सबैलाई अचम्मित बनायो । कारण, रंग फरक भएपनि प्रियंका र आँचलको पहिरनको स्टाइल एकै प्रकारको थियो । आँचलले लगाएको पहिरनको पछिल्लो भाग धेरै खुलेको थियो । केही पत्रकारले आँचलको पछाडिको भाग खिच्न खोजे । आँचलले भनिन्–‘यत्रो मेकअप गरेर आएको छु, अनुहारको खिच्नु न । खाली पछाडिको मात्र भनेर हुन्छ ।’ आँचल र प्रियंका सार्वजनिक रुपमा यसरी मिलेको देखिएको थिएन । तर, उनीहरु यो कार्यक्रममा गफिन व्यस्त थिए ।
कार्यक्रममा चर्चा भयो, आँचल र प्रियंकाले सल्लाहा गरेरै लूगा लगाएका रहेछन् क्या ।