मदर्स डेमा श्रीदेवीको म्यासेज

श्रीदेवीको मृत्यु भएको ३ महिना हुन लाग्यो तर उनी प्रतिको सम्मान  भने कम भएको छैन । १३ मे मदर्स डेमा श्रीदेवीको ट्विटर अकाउन्टबाट एउटा भिडियो सेयर भयो र केहि क्षण मै भाइरल भयो । यो भिडियो नया भने हैन । भिडियोमा श्रीदेवी फ्यानलाई म्यासेज दिदै छिन ।

श्रीदेवी भन्छिन, ‘ बच्चाको पछाडी पर्नु पर्छ । केहि राम्रो कुरा भन्यो भने उनीहरु इरिटेट हुन्छन । तपाई आफ्नी पत्नीको, प्रेमिकाको, साथीको आइ लव यु भन्नु हुन्छ तर के कहिले आफ्नी आमाको आमा म तपाईलाई धेरै माया गर्छु, भन्नु भएको छ ? एक पटक बोलेर त हेर्नुहोस आमा कति खुसि हुनुहुन्छ ।’ श्रीदेवीको मृत्यु १४ फेब्रुअरी २०१८ मा दुबाईको एक होटलमा भएको थियो ।