फिल्म ‘ड्रिम गर्ल’ प्रदर्शन मिति पोस्टपोन्ड

फिल्म ‘ड्रिम गर्ल’ प्रदर्शन मिति पोस्टपोन्ड भएको छ । फिल्मको रिलिज डेट असार २९ तोकिएको भए पनि फस्टलुक पोस्टर सार्वजनीक गर्दै निर्देशक ऋषिराज आचार्यले फिल्म असोज १९ गते प्रदर्शनमा आउने जानकारी दिएका छन् । निर्देशकका अनुसार फिल्मको जुन महिनाको दोश्रो साता कतार र तेश्रो साता पोर्चुगर्लमा बिशेष शो हुने भएको छ । त्यस्तै अमेरिका, जापान, हङ्कङ, कोरियालगायतका देशमा समेत प्रदर्शन हुनेछ ।

प्रेमकथा रहेको फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी,सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैडा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतको अभिनय रहेको छ । राहुल राईले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ । फिल्म नवीन निरौलाले सम्पादन गरेका हुन् । आरबि मुभीजको ब्यानरमा बनेको फिल्मको निर्माता ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल छन् ।