प्रियंका र आयुष्मानको बच्चा प्रेम

- मेराेफिल्म

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की प्रेममा छन् । उमेरले अन्तर भएपनि उनीहरुको प्रेमलाई कसैले रोक्न सकेन । उनीहरु अहिले प्रेम यात्रामा छन् । एक अर्कालाई उनीहरु मनदेखि प्रेम गर्छन् । आयुष्मान र प्रियंकालाई अहिले बिहे कहिले गर्ने भन्ने प्रश्न पनि आउन थालेको छ । उनीहरुको परिवार त यी दुइले बिहे गरे हुन्थ्यो भन्ने सोचमा छन् । तर, दुबैजना करिअरमा व्यवस्थित नभएसम्म बिहे नगर्ने मुडमा छन् ।

तर, प्रेममा रहेको यो जोडीको बच्चा प्रेम पनि सबैको आँखा तान्ने खालको छ । शनिबार व्यवसायी दिपक मल्होत्रा र जेनिशा मोक्तानकी छोरी दिया मल्होत्राको भात खुवाई कार्यक्रम थियो । सो कार्यक्रममा पुगेका प्रियंका र आयुष्मानको बच्चा प्रेम आकर्षक थियो । दुबैले दियालाई खुबै प्रेम गरे । प्रियंकाले त दियालाई लामो समयसम्म काखमा बोकिन् र माया दर्शाइन् । दुबैले दियालाई बोकेको तस्बिरमा कमेन्टको बर्षा भएको छ । धेरैले उनीहरुलाई चाडै बिहे गर्न सुझाव दिएका छन् । आयुष्मान र प्रियंकाको बच्चा प्रेम हेर्दा, उनीहरु पनि कतै बाबु–आमाको खुशी प्राप्त गर्न हतारिएका त छैनन् भन्ने अड्कल लगाउन सकिन्छ ।

२०७५ वैशाख ३१ गते १६:१८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *