प्रियंकाको ‘क्वान्टिको’ टिभी सिरिज बन्द हुने

अमेरिकी टेलिभिजन एबिसीबाट प्रसारण भइरहेको प्रियंका चोपडा अभिनित टिभी सिरिज ‘क्वान्टिको’ स्थगीत हुनेभएको छ । शो प्रसारण गर्दै आएको टेलिभिनले क्वान्टिकोका साथै अन्य थुप्रै टिभी शो बन्द गर्ने निर्णय गरेको छ ।

हाल सो सिरिजको तेस्रो सिजन प्रसारणरत उक्त सिरिज टेलिभिजनले नयाँ कार्यक्रम गर्ने निर्णय लिएपछि बन्द हुन लागेको हो । शो बन्द हुने भएपछि प्रियंका संगै काम गरिरहेका अर्का कलाकार काल पेनले ट्विट्रमा प्रियंकालाई सम्बोधन गर्दै अब फिल्म गरौं भनेर सोधेका छन् । जवाफमा प्रियंकाले ‘गरौं गरौं’ भनेर जवाफ फर्काएकी छन् ।

प्रियंकाको हाल उक्त टेलिभिजन शोसँगै दुईवटा हलिउड फिल्म ‘अ किड लाइक जेक’ तथा ‘इजन्ट् इट रोमान्टिक’ मा काम गरिरहेकी छन् । बलिउडमा करिब ३ वर्ष हराएकी प्रियंकाले यस वर्ष सलमान खानसँग फिल्म ‘भारत’ मा समेत काम गर्दैछिन् ।