सामाजिक सञ्जालमा नजोडिएका बलिउड सेलिब्रेटी


करिना कपुर खान
करिना कपुर सामाजिक सञ्जालमा नभए पनि उनको नामबाट चलेका फ्यान्स क्लब धेरै छन् । उनका हरेक क्रियाकलापको खुलासा यस्तै फ्यान्स क्लबबाट हुने गरेका छन् । करिना क्यामेरा फ्रेन्डली छिन् । हरेक कार्यक्रममा उनी जमेर पोज दिन्छिन् । आफ्नो अभिव्यक्तिका कारण पनि उनी चर्चामा आइरहन्छिन् । तर, उनी सामाजिक सञ्जालमा भने जोडिएकी छैनन् ।

रणवीर कपुर
कहिलेकाहीँ हल्ला सुनिन्छ कि रणवीर कपुरले सामाजिक सञ्जालमा गुमनाम अकाउन्ट बनाएका छन् । उनले एक इन्टरभ्युमा भनेका पनि थिए कि उनी सामाजिक सञ्जालमा सबैलाई पढ्छन् । तर, अहिलेसम्म उनको आधिकारिक अकाउन्ट नभएको खुलासा भारतीय मिडियाले गरेका छन् ।

ऐश्वर्य राय बच्चन
हालै मात्र ऐश्वर्य राय बच्चनले सामाजिक सञ्जालमा खाता खोलेकी छन् । ऐश्वर्याले इन्स्टाग्राममा आफ्नो नामको अकाउन्ट रजिस्टर गरेकी हुन् । उनले फेसबुक, ट्विटरमा भने अझै खाता खोलेकी छैनन् । बलिउडमा ऐश्वर्या झै अन्य केही सेलेब्रिटी यस्ता छन्, जो इन्स्टाग्राममा मात्र छन् । उनीहरूले अन्य कुनै पनि सामाजिक सञ्जालमा जोडिने रहर देखाएका छैनन् । बलिउडका केही यस्ता सेलेब्रिटी पनि छन्, जसले कुनै पनि सामाजिक सञ्जालमा आफ्नो खाता खोलेका छैनन् ।

सैफअली खान
करिना कपुरजस्तै सैफअली खान पनि सामाजिक सञ्जालभन्दा धैरै टाढा छन् । तर, उनका छोरा तैमुर, पत्नी करिना र उनीसँग जोडिएका समाचार भने भाइरल हुने गरेका छन् । सैफ आफ्ना निजी कुरा गोप्य राख्ने कोसिस गर्छन् । लाखौँ फ्यान भए पनि उनी अहिलेसम्म पनि सामाजिक सञ्जालमा जोडिएका छैनन् ।

कंगना रनावत
हालै एक अन्तर्वार्तामा कंगना रनौतले भनेकी थिइन्, ‘म सामाजिक सञ्जालमा यस कारण जोडिएकी छैन, ता कि मसँग यसका लागि समय र धैर्यता छैन ।’ उनले अकाउन्ट खोल्नेहरूलाई यो सुझाब पनि दिएकी थिइन् कि, ‘यदि कसैले आफ्नो अकाउन्ट ह्यान्डल गर्न सक्दैनन् भने यस कामका लागि एक्सपर्ट टिमको मद्दत लिँदा हुन्छ ।’ उनले सामाजिक सञ्जालका अकाउन्ट हयान्डल गर्न नसकेर अकाउन्ट नखोलेको बताएकी थिइन् ।

रानी मुखर्जी
पति आदित्य चोपडाजस्तै बलिउड नायिका रानी मुखर्जी निजी जिन्दगीलाई निजी नै राख्न चाहन्छिन् । सेलेब्रिटीहरू आफ्नो बच्चाको फोटो सामाजिक सञ्जालमा सेयर गर्छन् । तर, उनले अहिलेसम्म कुनै पनि अकाउन्ट खोलेकी छैनन् ।
साभारःनयाँ पत्रिका