‘चङ्गा’ ट्रेलर रिलिज

- मेराेफिल्म

सत्य घटनामा आधारित फिल्म ‘चङ्गा’को ट्रेलर रिलिज गरिएको छ । जेठ २५ देखी प्रदर्शनमा आउने फिल्मको यस भन्दा पहिला लोक फ्लेभरको गीत ‘कम्पनी माला’ सार्वजनिक भैसकेको छ । कमेडी फ्लेभरको फिल्मलाई लिएर निर्देशक किशोर भण्डारी ‘डिट्ठासाब’ निकै आशावादी देखिएका छन् ।

बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारी को अभिनय यस फिल्ममा देख्न सकिन्छ । फिल्ममा राजनराजसँगै कमल खत्रीको संगीत समावेश छ भने छायाङ्कन रविन आचार्यको रहेको छ । निर्देशक भण्डारी कै कथा समावेश गरिएको फिल्म निर्माण रेश्मा तिमल्सिनाले गरेकी हुन् भने कार्यकारी निर्माता प्रकु पाण्डे हुन ।

२०७५ वैशाख ३१ गते १६:५२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *