बर्षाको ज्यान त बन्यो तर करिअर ?

नेपाली फिल्मका अभिनेत्रीहरुको शरीर मेन्टेनमा मन जान थालेको छ । फिल्मको पर्दामा आफूलाई पुक्क फुलेको देख्दा उनीहरुको मन कुँडिन थालेको छ । यसैले उनीहरु दैनिक वर्कआउट गर्न थालेका छन् । अभिनेत्री बर्षा सिवाकोटीले पनि फिल्म ‘भैरे’को एउटा गीतमा मोटी देखिएको भन्दै जिम धाउन थालिन् । जिम गएरै शरीर बनाउन थालेपछि बर्षाका दैनिक सामाजिक संजालमा तस्बिर आउन थाले ।

उनले, सेक्सी शरीर बनेको भन्दै फोटोसुट पनि गरिन् । अहिले उनी अमेरिकामा पुगेकी छिन् । अमेरिका पुगेसँगै बर्षाले कतै ग्रिन कार्डको चक्कर लगाउन थालेकी त होइनन् भन्ने अड्कलबाजी लगाउन थालिएको छ । बर्षाले भिजा पाएको त आधा बर्ष भन्दा धेरै नै भएको थियो । तर, फिल्मको उल्झनमा अल्झिएर उनी अमेरिका जान पाएकी थिइनन् ।
अमेरिका पुगेपछि त झन् उनले फोटो पोष्ट नगर्ने कुरै भएन । बर्षाले ज्यान बनाउन मिहिनेत त गरिन् । तर, ज्यान बनाएरै मात्र करिअर बन्दैन भन्ने धेरै अभिनेता र अभिनेत्रीले वुझिसकेका छन् । बर्षाले पनि ज्यान बनाएपनि करिअर अझै सुरक्षित गरिसकेकी छैनन् । बर्षाले काम गर्ने फिल्म ‘बीर विक्रम २’को छायांकन हुन बाँकी छ । ‘भैरे र जय शम्भु’को छायांकन सकेर उनी अमेरिका हानिएकी हुन् । ज्यान बन्दैमा करिअर बन्दैन बर्षा जी ।