एन्जिलाको पहिलो नजरमा आँचल र पासाङ

गायिका एन्जिला गौचनको ‘त्यो पहिलो नजर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । एन्जिला एल्बममा समाबेश उक्त गीतमा शब्द संगीत सोहन मानन्धरको रहेको छ भने एरेन्ज बिजेश्वर तण्डुकारले गरेका छन ।

सागर लोप्चनको कोरियोग्राफी रहेको सार्वजनिक गीतको भिडियोमा नायिका आँचल शर्मा र संचारकर्मी/निर्देशक पासाङ योन्जन लामा फिचर्ड छन । ज्ञानेन्द्र शर्माको छायाङ्कन तथा प्रबिन श्रेष्ठको सम्पादन रहेको भिडियोलाई पासाङ योन्जन लामाले नै निर्देशन गरेका हुन भने प्रमोद शेर्चन र सोनाम वाङ्दी भुटियाले निर्माण गरेका हुन ।