अनलाइन कभर सङ कम्पिटिसन

‘केबीए ग्लोबल जुनी जुनीलाइ अनलाइन कभर सङ कम्पिटिसन २०७५’को आयोजना गरिने भएको छ । टिका दाहालको संगीत तथा बिष्णुबाबु देबकोटाको शब्द रचनामा राहुल बिश्वाश र सन्ध्या जोशीको स्वरमा रहेको जुनी जुनी बोलको गीतको कभर कम्पिटिसन आयोजना गर्न लागिएको हो । संगीतकार टिका दाहालको संगीतमा बनेको गीत निर्माणमा गणेश अधिकारी र प्रकाश ढुंगानाले सहयोग गरेका छन।

कम्पिटिसनमा प्रथम हुनेले नगद पचास हजार र एउटा गीत रेकर्ड र दोश्रो हुनेले नगद पच्चिस हजार सहित एउटा गीत रेकर्ड गर्ने अवसर प्राप्त गर्ने छन् । यो पुरस्कारको प्रायोजन केबीए ग्लोबल एजुकेसन एण्ड माइग्रेसनले गरेको छ ।

कभर सङ कम्पिटिसनमा भाग लिन चाहनेले आफैंले गाएको तथा सफा देखिने गरि खिचिएको भिडियो जुनी जुनी लाइ फेसबुक पेजमा पठाउनु पर्नेछ। प्रतियोगीहरुले गीतलाइ एकल तथा युगल दुवै तरिकाले गाउन सक्नेछन् । प्रतियोगितामा सहभागिता जनाउनको लागि आजैबाट दुइ महिनाको अबधि तोकिएको छ ।