कपाल खौरिने बलिउडका यी नायिका

- मेराेफिल्म

कलकारहरु फिल्ममा आफ्नो चरित्र निभाउन कुनै कसुर बाँकी राख्दैनन् । भूमिका अनुसार जान कलाकारले सीमा नै मेटाउछन् । आज कुरा गर्दै छौ ती बलिउड हिरोइनहरुको जसले आफ्नो भूमिकालाइ न्याय दिनको लागि पूरै कपाल खौरिए ।

फिल्म ‘वाटर’ का लागि शबाना आजमीले पूरै कपाल खौरिएकी थिइन् । यो फिल्म विधवाको जीवनमा आधारित थियो । यहि फिल्ममा अर्की नायिका नन्दिता दासले पनि भूमिका सुहाउँदो देखिनको लागि कपाल मुण्डन गरिन् । त्यस्तै लीजा रेले पनि कपाल मुण्डन गरेकी थिइन् ।

चर्चित हिरोइन अनुष्का शर्माले पनि फिल्म ‘ऐ दिल है मुस्किल’ मा क्यान्सर रोगीको भूमिकाका लागि कपाल खौरिएकी थिइन् । त्यस्तै शिल्पा शेट्टीले फिल्म ‘द डिजायर’ का लागि कपाल खौरिएकी थिइन् ।

हिरोइन तनुजाले फिल्म‘पित्ररुन’मा सबै कपाल फालेकी थिइन् । संजय लीला भंसालीको फिल्म ‘बाजीराव मस्तानी’मा तनवी आजमीले मराठी विधवाको भूमिकाको लागि कपाल मुण्डन गरिन् । फिल्ममा उनी रणवीर सिंहकी आमाको भूमिकामा थिइन् ।

भिक्षुको जीवनमा आधारित फिल्म ‘एण्ड वन्स अगेन’मा हिरोइन अन्तरा मालीले पनि कपाल मुण्डन गरेकी थिइन् । बलिउडबाट हलिउड पुगेकी हिरोइन् प्रियंका चोपडाले पनि फिल्म ‘मेरी कोम’को लागि केश मुण्डन गरेकी थिइन् ।

२०७५ जेठ १ गते १३:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *