बिश्वकप फुटवलको भिडियोमा नेपाली झण्डा

वल्र्ड एनालाईटीस नामक युट्युव युजर्सबाट सार्वजनिक बिश्वकप फुटवलको भिडियोमा नेपाली झण्डा समाबेश गरिएको छ । ढाकाटोपी लगाएका एक युवकले नेपालको झण्डा फहराउदै गरेको सिन उक्त भिडियोमा देख्न सकिन्छ ।

रसियामा हुन गईरहेको बिश्वकप फुटवलको मिति नजिकिए सगै यस्को तयारी भव्यरुपमा भइरहेको छ । बिभिन्न देशका कलाकारहरुले वर्ल्ड कप सम्बन्धी गीत तथा भिडियोहरु सार्वजनिक गरिरहेका छन् । आगामी जुनाई १४ बाट शुरु हुने बिश्वकप फुटवलको फाईनल गेम जुलाई १५मा हुनेछ ।

बिश्वकपमा एसियाबाट अष्ट्रेलिया, ईरान, जापान, दक्षिण कोरिया र साउदी अरेबिया ले खेल्ने छन् । त्यस्तै अफ्रिकाबाट ईजिप्ट, मोरक्को , नाईजेरिया, सेनेगल, ट्युनिसिया रहने छन् । युरोपबाट बेल्जियम, क्रोएसिया, डेनमार्क, ईङल्याण्ड, फ्रान्स, जर्मनी, आईसल्याण्ड, पोल्याण्ड, पोर्चुगल, रसिया, सर्बिया, स्पेन, स्विडेन र स्विटजरल्याण्ड छन् भने मध्य अमेरिका तथा क्यारेयिबा क्षेत्रबाट कोष्टारिका, मेक्सिको, पेरु र पानामा । त्यस्तै दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बीया र उरुग्वे गरि ३२ राष्ट्रहरुले खेल खेल्नेछन् ।