जब करिश्मा छोरी भन्दा हट बन्न खोजिन्…

अभिनेत्री करिश्मा मानन्धरको उमेर सुन्दा जसले पनि जिब्रो नै टोक्छन् । किनकी, करिश्मा ४० कटेकी फिटिक्कै लाग्दिनन् । उनको यही सुन्दरताले नै उनलाई आजसम्म फिल्ममा चर्चामा राखिदिएको छ ।

तर, अब त करिश्माकी छोरी कविता मानन्धर नै हिरोइन बनिसकेकी छिन् । छोरी हिरोइन बन्दा पनि करिश्माको सुन्दरताको चर्चा फिल्म बजारमा कम भएको छैन । बरु, छोरी भन्दा आमा राम्री भन्ने प्रतिक्रिया सुनिन्छन् । छोरी नै हिरोइन बनिसक्दा पनि करिश्माको पहिरनमा बदलाव आएको छैन । बरु, झनै छोट्टिन थालेको छ । फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर र उनकी छोरी कविता मानन्धरले वन पिस पहिरन लगाएका थिए । तर, त्यही पहिरनले छोरीलाई भन्दा आमालाई बढी हैरान बनायो । बस्दा, करिश्मा निकै सम्हालिएकी थिइन् ।

करिश्माले ताली बजाउँदा समेत दुबै हात उठाउन सकिनन् । कारण, छोटो पहिरनका कारण ‘वार्डरोब मालफक्सन’को शिकार नबनियोस् भन्ने कुरामा उनी सचेत बनिन् । यसैले, अरुले बसिरहेको कुर्चीबाटै आफ्नो भनाई राख्दा करिश्मा उठेर छेउमा पुगेर मन्तव्य राखिन् । करिश्माको छोटो पहिरनमा उनका पति विनोद मानन्धरको पनि आँखा गएको थियो । आखिर, छोटो पहिरन लगाएर बस्न गाह्रो हुन्छ भने लगाउनै पर्छ भन्ने छ र ? यसै दर्शकले प्रतिक्रिया दिएका होइनन्–‘छोरी भन्दा आमा तरुनी ।’