अविवाहित बलिउड सुन्दरीहरु


१. तब्बु

बलिउड अभिनेत्री तब्बु ४७ वर्षकी भइन् । उनको जन्म ४ नोभेम्बर १९७१, हैदराबादमा भएको थियो । ८० तथा ९० को दशककी अभिनेत्री फराह नाज उनकी ठुली दिदी हुन् । फिल्मी पृष्ठभुमी भएका कारण तब्बु जहिले पनि फिल्ममा काम गर्न चाहन्थिइन् । उनले १४ वर्षको उमेरमा देव आनन्दको फिल्म ‘हम नौ जवान’मा काम गरेकी थिइन् । ४६ बर्षीय तब्बु हालसम्म अविवाहित छन् । उनले मिस्टर परफेक्ट मिलेपछिमात्र विवाह गर्ने बताएकी थिइन् तर हालसम्म उनले मिस्टर परफेक्ट भेटाएकी छैनन् ।

२. सुस्मिता सेना
भारतबाट मिस युनिभर्सको उपाधि जित्ने सुस्मिता पहिलो मोडल हुन् । यिनको नाम पाकिस्तानी क्रिकेटर वसिम अक्रमसँग जोडिएको थियो । बिजनेशम्यान अनिल अम्बानीसँग पनि उनको अफयेरको हल्ला चल्यो । सस्मिताका दुई धर्मछोरीहरु रहेका छन् । उमेरले ४१ वर्षकी लागेकी उनले हालसम्म विवाह गरेकी छैनन् ।

३. नग्मा
९० को दशकको फिल्म ‘बागीः अ रिबेल फर लब’ बाट बलिउडमा आफ्नो करिअर सूरु गरेकी अभिनेत्री नगमा उमेरले ४२ भइन् । बलिउड, भोजपुरी, तामिल, तेलुगु फिल्ममा आफ्नो पहिचान बनाउन सफल यी अभिनेत्रीले हालसम्म विवाह गरेकी छैनन् । पुर्व क्रिकेटर सौरव गांगुलीसँगको अफयेरले मिडियामा ठुलो चर्चा पाएको थियो । भोजपुरी अभिनेता रवि किशनसँग पनि उनको नाम जोडिएको थियो । तर, हालसम्म पनि उनी अविवाहित नै छिन् ।

४. माही गिल
पंजाबी फिल्मबाट आफ्नो करिअर सूरु गरेकी माहीलाई पहिलो ब्रेक ‘हवाए’मा मिलेको थियो । उमेरले ४१ वर्ष लागेकी यी अभिनेत्री पनि अविवाहित छिन् । बलिउडमा पनि उत्तिकै सफलता पाउन सफल यी अभिनेत्रीले फिल्म देब डि, साहब बिबि और ग्याङ स्टर, पानसिंह तोमर, बुलेज राजा लगायत फिल्ममा काम गरेकी छिन् ।

५. अमिशा पटेल
उमेरले ४० लागेकी यी अभिनेत्रीले सन् २००० बाट बलिउडमा आफ्नो करिअर सूरु गरेकी थिइन् । फिल्म ‘कहोना प्यार हे’ बाट उनले बलिउडमा इन्ट्री लागेकी थिइन् । यसपछि आएको फिल्म गदरः एक प्रेम कहानी, रेस–२ जस्ता फिल्ममा उनलाई राम्रो सफलता मिल्यो । फिल्म मेकर ब्रिकम भाटसँग उनको अफयेरको हल्ला चलेको थियो । तर, हालसम्म पनि उनी अविवाहित रहेकी छिन् । आफ्नो बिजनेश पार्टनर कुणाल कुमारसँग सम्बन्ध रहेको खबर बाहिर आएको थियो ।

६. राखी सावन्त
कन्ट्रोभर्सीमा सबैलाई पछि पार्ने अभिनेत्री राखी सावन्तले पनि हालसम्म विवाह गरेकी छैनन् । टिभीमा स्वयम्भर पनि रचाइ सकेकी अभिनेत्री उमेरले ३८ वर्षकी लागेकी छिन् । हालसम्म आफुलाई भर्जिन ठान्ने राखी बिग बोश सिजन १ को प्रतिस्पर्धी अमित साधसँग अफेयरमा रहेको बताइन्छ ।

७. राइमा सेन
बलिउडकी बेहेतरिन अभिनेत्री राइमा सेन उमेरले ३७ वर्षकी भइन् । बलिउड लगायत बंगाली, हलिउड र मलयालम फिल्म गरेकी राइमा अझै पनि अविवाहति छिन् ।

८.शमिता शेट्टी
३७ वर्ष लागेकी शमिता बलिउडबाट छिटो विस्थापित भइन् । सन् २००९ मा दिदी शिल्पा शेट्टीले ३४ वर्षको उमेरमा विवाह गरेकी थिइन् । तर, बहिनी शमिता ३७ वर्ष लाग्दा पनि विवाहप्रति चासो देखाएकी छैनन् ।