ॠषि धमला र उनको हमलाको चर्चा अब तिजको गीतमा

नेपाली पत्रकारितामा चर्चित नाम हो ॠषि धमला । पछिल्लो समय उनले संचालन गरेको कार्यक्रम धमलाको हमला निकै चर्चित छ । उनै धमला र उनको हमलाको चर्चा अब गितमा समेत सुन्न र हेर्न पाइने भएको छ ।

तिल जत्रो कुरा पनि पहाड जत्रो बनाउनी
तिमी नै हो यो देशमा नेता नेता लडाउनी
धमला धमला ॠषि धमला
चर्का कुरा नगर हो बोली सम्हाल
सत्य तथ्य खबर दिनु मेरो सधैं धर्म हो
राजनितिक समाचार त मेरै भरमा हो
हमला हमला छोड हमला
नचिन्ने त को होला र ॠषि धमला
नजिकिँदै गरेको तिजलाई मध्यनजर गर्दै गायिका राधिका हमाल र प्रदिप त्रिपाठीको स्वरमा रेकर्ड भएको गीतका शब्द हुन यि । गीतमा धमला र धमला पत्निका कुरा गरिएका छन । शब्द/संगीत-सन्ताेष देउजा ठकुरी रहेको उक्त गीतको संगीत संयाेजन राकेश साेनीको रहेको छ ।
भिडियो लिंक:
https://www.facebook.com/ujyaalonepal19/videos/1663972893652536/?t=120
तस्बिर : गुगल