शाहिद पत्नीलाई ‘बेबी बंप’ का कारण समस्या

सामाजिक संजालमा फोटो पोष्ट गरेर शाहिदले आफ्नी पत्नी मीरा पुनः प्रेग्नेन्ट भएको कुरा पुष्टि गरेका थिए । उनले छोरी मीशाको फोटो संगै ‘बिग सिस्टर’ लेखेर पोष्ट गरेका थिए र त्यो पोष्ट मीराले सेयर गरेकी थिइन् । यो समाचारको एक महिना बितिसकेको छ ।

मीरा अहिले प्रिग्नेन्सीको कारण समस्यामा छिन । उनलाई आफ्नो जिन्स ठिक्क नभएकोमा पिडा भएको छ । उनले यो कुरा सामाजिक संजालमा लेखेकी छन् । अहिले मेरो धेरै अप्ठ्यारो परिस्थिति चलेको छ । किनकी मलाइ जिन्स ठिक भएको छैन र मेटर्नीटी जिन्स पनि लगाउने समय भएको छैन ।

एक इन्टरभ्युमा मीराले दोस्रो बच्चा नभएसम्म आफ्नो करियर नसोच्ने बताएकी थिइन् । शाहिदले पनि एक म्याग्जीन ईन्टरभ्युमा मीराले दोस्रो बच्चाको धेरै ईच्छा राखेको बताए । यो जिम्मेवारीबाट फ्री भएर आफ्नो करियरमा लाग्ने मीराले सोचेकी छन् ।