महंगो रकम खर्च गर्दैमा फिल्म राम्रो हुन्छ र भूवन दाई ?

अभिनेता भूवन केसी निर्माताले करोडौ रकम खर्च गरेर फिल्म बनाएपछि उसले नै त्यो फिल्मको टिकट दर तोक्न पाउनुपर्ने दाबी गर्छन् । भारतमा यस्तो खालको प्रचलन सुपरस्टार फिल्मका हिरोहरुमा देखिने गरेको छ । अभिनेता भूवन केसीले यो पहल फिल्म ‘कृ’को रिलिजको समयमा पनि गर्न नखोजेका होइनन् । आफ्नो छोरा अनमोल केसी सुपरस्टार भएको र उनको फिल्म हेर्न दर्शक हलमा ओइरिन्छन् भन्ने भूवनको वुझाई छ । जसलेगर्दा, भूवन निर्माताले महंगो रकम खर्च गरेर बनाएका फिल्मको टिकट दर आफै तोक्न पाउनुपर्ने माग राख्न अगाडि सरेका थिए । अहिले चलचित्र संघले यो मागमा सहमती जनाइसकेको छ ।

तर, भूवन केसीले यो माग राख्दै गर्दा के महंगो रकम खर्च गर्दैमा फिल्म राम्रो बन्छ र भन्ने प्रश्न उब्जन्छन् । अहिले हलमा कायम भएका २ सय र ३ सय रुपैयाँको टिकट दरमा त दर्शक तान्न नेपाली फिल्मलाई मुश्किल छ । अब, यो भन्दा बढी टिकट दर बनाएर प्राविधिक रुपमा महंगो रकम खर्च गर्दैमा दर्शक आउलान् त ? भूवन केसीले नै निर्माण गरेको र अनमोल केसीले अभिनय गरेको फिल्म ‘कृ’को लगानी ४ करोड भयो । तर, फिल्मले कस्तो कमाई गर्यो सबैलाई थाहा छ । यसैले, फिल्मको टिकट दर बढाउन पाउनुपर्ने निर्माताको माग सकारात्मक छ । तर, पहिला प्रविधीले मात्र होइन, फिल्मको कथा नै राम्रो बनाउनतर्फ लाग्नु पर्ला कि भूवन दाई ? होइन भने अनमोल केसीको मात्र मुख हेर्न दर्शकले बढाइएको टिकट काटेर हलसम्म आउलान् त ?